ताजा अपडेट »

रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा

विहीबार, १५ मंसिर २०७९, १० : २७
16 Shares
विहीबार, १५ मंसिर २०७९
16 Shares

काठमाडौँ । युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो । दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ । बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ ।  

खेरसन र खार्किभबाट पछि हटेको हताश रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धी प्राप्त गरेको छ । रुसी भाडाका सैनिकहरु र  भर्खरै परिचालन गरिएका सेनाहरू यस क्षेत्रमा मस्कोका लागि लडिरहेका जनाइएको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।