ताजा अपडेट »

स्थापना दिवशको पूर्व सन्ध्यामा दीप प्रज्वलन

विहीबार, १५ मंसिर २०७९, ०८ : ३३
32 Shares
विहीबार, १५ मंसिर २०७९
32 Shares

बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवशको पूर्व सन्ध्यामा दीप प्रज्ववलन गरेको छ । संघको कार्यालय परिसरमा बुधवार साझ आयोजित कार्यक्रममा स्थावनाको ४५ बर्षको प्रतिकका रुपमा ४५ वटा मैनवत्ति बालिएको थियो ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले आर्थिक समृद्धि र औद्योगिक विकासमा रुपन्देही उद्योग संघको स्थापनाले पु¥याएको योगदानलाई कसैले पनि नकार्न नसक्ने बताउदै संघका हरेक गतिविधि उद्योगको विकास र संरक्षणमा केन्द्रीत हुने प्रतिवद्धता व्यक्त गरे । संघका निर्वतमान अध्यक्ष बाबुराम बोहोराले संघको गौरवपूर्ण इतिहासलाई आत्मसाथ गर्दै त्यसको गतिविधिलाई बढाएर लैजाने विषयमा सबै उद्योगी व्यवसायीहरुले भूमिका निर्वाहा गर्नु पर्ने धारणा राखे ।

२०३५ साल मंसिर १५ गते संघको स्थापना भएको दिनलाई हरेक वर्ष विविध कार्यक्रमको आयोजना गरि मनाउने गरिएको छ । त्यसैक्रममा बुधवार पूर्व सन्ध्यामा दीप प्रज्ववलन गरिएको संघका महासचिव हरि बहादुर खत्रीले बताए । स्थापना दिवशको मुल कार्यक्रम विहिवार आयोजना गरिँदै छ । त्यस अवसरमा संघले आयोजना गर्न लागेको औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपमा विहाना रक्तदान तथा विरामीहरुलाई फलफुल वितरण गरिने जनाइएको छ ।

रक्तदान कार्यक्रम आयोजना गर्न संघका कार्यसमितिका सदस्य लालहरी पाण्डेलाई संयोजकको जिम्मेवारी दिइएको छ । संयोजक पाण्डेका अनुसार रक्त संचार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा हुने कार्यक्रममा न्यूनतम रुपमा ४५ युनिट रगत संकलन गरिने छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।