ताजा अपडेट »

शिक्षा प्रणाली सर्टिफिकेटमा केन्द्रित भयो : मूख्यमन्त्री पोखरेल

सोमबार, ०७ पुस २०७६, १८ : ४६
20 Shares
सोमबार, ०७ पुस २०७६
20 Shares

पुस ७,

ग्लोबल आवाज

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालको अहिलेको शिक्षा प्रणाली सर्टिफिकेट प्राप्त गर्नेमा बढी केन्द्रित भएको बताएका छन् । अहिलेको प्रणाली अनुसार शिक्षक, विद्यार्थी, अभिभावक र सिङ्गो समाज नै प्रमाणपत्र प्राप्तितर्फ केन्द्रित हुने गरेको उनले बताए । शिक्षा प्रणाली परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले भने–‘विद्यार्थीले कति प्राप्त गर्योभन्दा पनि कस्तो प्रकारको ज्ञान हासिल गर्यो भन्ने महत्वपूर्ण हो ।’ रुपन्देहीको बुटवल उप–महानगरपालिका–११ मा अवस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ५९ औ वार्षिक उत्सवको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । विद्यार्थीलाई विज्ञान र प्रविधितर्फ आर्कषित गराउनसके मूलुकले भविष्यमा सफल र सक्षम जनशक्ति प्राप्त गरी समृद्ध मूलूक निर्माणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले नमूना प्रदेश स्थापनाका लागि शैक्षिक क्षेत्रबाट कालिका मानवज्ञानको महत्वपूर्ण भूमिका रहन सक्ने विश्वास व्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले शैक्षिक प्रगतिबिना समृद्ध मूलूकको कल्पना गर्न नसकिने बताए । कालिका मानवज्ञानले जिल्लामा मात्रै नभएर प्रदेश ५ भरी नै शैक्षिक प्रगतिको अब्बल नमूना प्रस्तुत व्यक्त गरेकोमा प्रशंसा गरे ।

पत्रकारद्वय शर्मा कंडेल सम्मानित


कालिका मानवज्ञान माध्यमिक विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट शिक्षा पत्रकारिता पुस्कारबाट पत्रकारद्वय एन.बि कंडेल र टोपराज शर्मा सम्मानित भएका छन् । विद्यालयमा स्थापना गरिएको स्व. अरुण पौडेल अक्षयकोषबाट उनीहरुलाई नगद रु. ६/६ हजार, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको विद्यालयका शिक्षक युवराज कंडेलले जानकारी दिए ।

अनलाइन खबर डट कम प्रदेश ५ का वरिष्ठ संवाद दाता शर्मा र बुद्धभूमि साप्ताहीक तथा ग्लोबल आवाज डट कमका सम्पादक कंडेललाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र अक्षयकोषका संरक्षक गिता पौडेलले संयुक्त रुपमा पुस्कार तथा सम्मान प्रदान गरे । यसै बीच विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको वर्ष शिक्षक पुरस्कारबाट विद्यालयका शिक्षक सन्तोष तिवारी सम्मानित भएका छन् । विद्यालयमा उत्कृट ईन्चाजको रुपमा सुर्दशन रेग्मी सम्मानित भएका छन् । विद्यालयले विभिन्न विषयमा उत्कृष्टता हासिल गर्ने १ सय ५ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । समानित शिक्षक तथा कर्मचारीहरुलाई जनही नगद रु ५ हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको विद्यालयका प्रचार्य घनश्याम पाठकले बताए ।

‘कालिका रनिङ शिल्ड’ आयोजकलाई


कालिका मानवज्ञान माध्यमिक विद्यालयमा ५९ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कालिका रनिङ शिल्डको उपाधि आयोजकले प्राप्त गरेको छ । आयोजक विद्यालय कालिका मानवज्ञानले रनिङ शिल्ड सहित नगद रु ५० हजार र प्रमाणपत्र प्राप्त गरेको हो । १४ स्वर्णसहित कूल ४२ पदकका लागि भएको प्रतिस्पर्धामा विद्यालयले ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी कूल १६ पदक प्राप्त गरेको थियो ।

यसैगरी बुटवलको एभरेष्ट बोर्डिङ स्कूलले दोस्रो स्थान हासिल गर्दै ३ स्वर्ण १ रजत र १ कास्यसहित ५ पदक प्राप्त गरेको थियो । विद्यालयले नगद रु ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा न्यू होराइजन माध्यमिक विद्यालय र मणिमुन्दले तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुले नगद रु २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् । तेस्रो भएको होराइजनले १ स्वर्ण, ४ रजत र १ कास्य गरी ६ पदक हासिल गरेको थियो भने मणिमुन्दले १ स्वर्ण र १ रजत प्राप्त गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।