ताजा अपडेट »

क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट दिने

आइतबार, ११ मंसिर २०७९, १३ : ५६
27 Shares
आइतबार, ११ मंसिर २०७९
27 Shares

बुटवल । क्युएफएक्स बुटवलले आफ्नो तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट दिने भएको छ । क्युएफएक्स बुटवल ३ वर्ष पुगेको अवसरमा मंगलबार टिकटमा १०० रुपियाँ छुट र सानोे पपकर्न निःशुल्क उपलब्ध हुने म्यानेजर महेश्वर गिरीले बताए ।

‘क्युएफएक्स बुटवलले सफलतापूर्वक ३ वर्ष पार गरेको अवसरमा मंगलबारका सबै शोमा ३०० सयको टिकट २०० मा र एउटा सानो पपकर्न निःशुल्क उपलब्ध हुने छ ।’–उनले भने । क्यूएफएक्स बुटवलले ३ वर्षसम्म दर्शकको राम्रो साथ पाएको बताउँदै आग्रामी दिनमा अझै बढी दर्शकको माया पाउने विश्वास रहेको म्यानेजर गिरीले बताए ।

मंगलबार क्युएफएक्स बुटवलमा अमिताभ बच्चनको उचाई, दृश्यम २, भेडिया र नेपाली फिल्म महापुरुषको शो रहने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।