ताजा अपडेट »

काठमाडौंबाट ७० बढी विदेशी नागरिक पक्राउ, अधिकांश चिनियाँ नागरिक

सोमबार, ०७ पुस २०७६, १७ : ४८
6 Shares
सोमबार, ०७ पुस २०७६
6 Shares

पुस ७,

काठमाडौं । प्रहरीले गैरकानुनी काममा संलग्न भएको आरोपमा काठमाडौंको विभिन्न क्षेत्रबाट ७० जना भन्दा धेरै विदेशी नागरिकलाई पक्राउ गरेको छ । बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेहरुमा धेरैजसो चिनियाँ नागरिक छन् ।

चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको छ । पक्राउ परेका विदेशी नागरिकहरु भिजिट भिषामा नेपाल आएर यहाँ कार्यालय नै खोलेर बसेको पाईएको र थप अनुससन्धान भैरहेको प्रहरीले जनाएकोछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।