ताजा अपडेट »

करिस्मा मानन्धर भन्छिन्, 'बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ'

शुक्रबार, ०९ मंसिर २०७९, ०९ : २५
43 Shares
शुक्रबार, ०९ मंसिर २०७९
43 Shares

काठमाण्डौं । नायिका तथा नेकपा एमाले नेता करिस्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, 'चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।
( बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो। )'

समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ । उनले लेखेकी छिन्, 'मधेसमा दुइजाना महिला प्रतिनिधि जित्नु सानोकुरा होइन । सम्पूर्ण कम्रेडहरुलाई शुभकामना ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।