ताजा अपडेट »

स्कलर्समा हाजिरीजवाफ : उपाधि होराइजलाई

आइतबार, ०६ पुस २०७६, २२ : ०७
20 Shares
आइतबार, ०६ पुस २०७६
20 Shares

पुस ६,

ग्लोबल आवाज
बुटवल । स्कलर्स होम बोडिङ मा.वि.को ८ औं हाजिरीजवाफ रनिङ शिल्डको उपाधि न्यू होराइजन माध्यमिक विद्यालय, बुटवलले जितेको छ । जिल्लाभरका ५३ वटा विद्यालयहरुलाई पछि पार्दै गत वर्षको विजेता समेत रहेको होराइजनले दोस्रो पटक उपाधी उचालेको हो । देवदह मदर टङ्ग मध्यमिक विद्यालय देवदहले दोस्रो स्थान हासिल गरेको छ भने सैनामैनाको सिद्धार्थ मेमोरियल तृतिय भएको छ । विगत ८ वर्षदेखि विद्यालयले नियमित रुपमा संचालन गर्दै आएको रनिङ सिल्ड क्वीजले विद्यार्थीहरुको अतिरिक्त क्षमता अभिवृद्धिका लागि सहयोगी होस् भन्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए ।

विद्यालयको २८ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको क्वीज कार्यक्रम उदटनमा बोल्दै बुटवल उपमहानगरपालिकाका उप–प्रमुख गुमादेवी आचार्यले विद्यार्थीहरुको ल्याकत र बौद्धिक क्षमता बृद्धिका लागि हाजिरजवाफ प्रतियोगित फलदायी हुने बताइन् । उनले अतिरिक्त क्रियाकलाप संस्थागत विद्यालयहरुले प्रयाप्त मात्रामा गर्ने गरेको उल्लेख गर्दै सामुदायिक विद्यालयहरुले पनि त्यसको अनुसरण गर्नुपर्नेमा जोड दिइन् ।

अभिभावक सघ केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिकाका सामाजिक शाखा अधिकृत भूवा प्रसाद लुइँटेल, बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनाल, एन प्याव्सनका अध्यक्ष पुरुषोत्तम बस्याल, एनप्यव्सनका पूर्व अध्यक्षन देउप्रकाश राई लगाएतले बोल्दै निजी क्षेत्रका विद्यालयहरुले राज्यको ठूलो भार थेगिरहेको भन्दै सरकारले निजी विद्यालयहरुलाई निरुत्साहित गर्न नहुने बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यालयका संयोजक वासुदेव शर्माले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।