ताजा अपडेट »

सैनामैनामा विविध कार्यक्रम

शुक्रबार, ०४ पुस २०७६, १७ : १८
24 Shares
शुक्रबार, ०४ पुस २०७६
24 Shares

पुस ४,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका- १ मा रहेको सैनामैना मेमोरियल स्कुलमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । “हरेक शुक्रबार श्रृजनशिल शक्रबार” श्रृङ्खला अन्तर्गत अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता, कथा वाचन प्रतियोगिता तथा अभिभावक विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका हुन् ।

विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजित कक्षा ३ देखी ६सम्मका विद्यार्थीहरुबिचको अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत रातोसदनका अमृत घिमिरे प्रथम, बर्षा मरासीनी द्वितिय र एलिशा मरासीनी तृतिय हुन सफल भएका छन् । उक्त तहमा अध्ययन गर्ने ३५ जना विद्यार्थीले “स्वास्थ्य नै धन हो” भन्ने शिर्षकमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

यसैगरी कक्षा ७ देखी १० सम्मका विद्यार्थीहरुबिच “सिमा सुरक्षामा हामी नेपालीको भूमिका” भन्ने शिर्षकमा आयोजित प्रतियोगितामा रातो सदनकी प्राप्ति सुवेदी प्रथम, पँहेलो सदनका नविन खनाल द्वितिय र रातो सदनका अनिल घिमिरे तृतिय हुन सफल भएका छन् । साथै कक्षा १ र २ सम्म सञ्चालन भएको कथा वाचन प्रतियोगितामा कक्षा १ मा अध्ययनरत सिवन बुढाथोकि, प्राप्ती ज्ञवाली, अमृत पन्त र कक्षा २ मा अध्ययनरत सम्पदा बस्नेत, अदिति मल्ल र सन्दिप आचार्य प्रथम हुन सफल भएको जानकारी विद्यालयका सञ्चार संयोजक श्री लक्ष्मण पान्डेले दिए ।

यसैगरी विद्यालयले कक्षा १ देखी ५ र कक्षा १० सम्मका विद्यार्थीहरुको पढाई लेखाईलाई मध्यनजर गरी अभिभावक विद्यार्थीबिच अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । विद्यार्थीहरुमा रहेका कमजोरी पहिचान गरी विद्यालय र अभिभावकका बिच समन्वयात्मक गतिविधी सञ्चालन गर्ने अभिप्रायले उक्त अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो ।

यस्तै शनिबार (भोली) प्रा.वि. तहका विद्यार्थीहरुका अभिभावकहरुबिच अन्तक्रिया कार्यक्रम सञ्चालन हुने विद्यालयका प्राचार्य जे.बि. क्षेत्रीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।