ताजा अपडेट »

चिसो बढेपनि डेंगू संक्रमण घटेन

शनिबार, १२ कार्तिक २०७९, १९ : ५९
14 Shares
शनिबार, १२ कार्तिक २०७९
14 Shares

काठमाडौं । देशभर चिसो बढेपनि डेंगू संक्रमण अझै घटेको छैन । डेंगू बाट संक्रमित हुनेहरुको संख्या पछिल्ला दिनहरुमा पनि बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङकले पुष्टि गरेको छ।

देशभर थप २ हजार ७२८ जनामा डेङ्गु रोगको सङ्क्रमण पुष्टि भएको छ । कार्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेङ्गु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या बढेर ४६ हजार ४१३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । गत श्रावण महिनादेखि फैलिएको डेङ्गु रोगको प्रकोप देशका ७७ जिल्लामा फैलिसकेको छ ।

हालसम्म डेंगू रोगका कारण ५२ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयले जारी गरेको तथ्याङक भन्दा संक्रमितहरुको संख्या बढिरहेको र अहिले घर घरमा संक्रमित रहेको जनस्वास्थ्यविदहरुको भनाइ छ। यति ठूलो संख्यामा नागरिकहरु प्रभावित हुँदा समेत डेंगू नियन्त्रणमा सम्वन्धित निकाय उदा‍सिन बनिरहेको र नियन्त्रणको प्रयास पनि प्रभावकारी बन्न नसकेको विज्ञहरुको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।