ताजा अपडेट »

नेपालमा थपिए १६ कोरोना संक्रमित

मंगलबार, ०८ कार्तिक २०७९, १७ : ४४
16 Shares
मंगलबार, ०८ कार्तिक २०७९
16 Shares

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको खबर छैन । 

हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यसका साथै नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ५०९ जना र एन्टिजेन परीक्षण गर्दा एक लाख ५२ हजार १३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ८२८ जना निको भइसकेका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६६२ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।