ताजा अपडेट »

नेपालमा ओमिक्रोनको सबभेरियन्ट भेटियो, सचेत रहन आग्रह

सोमबार, ०७ कार्तिक २०७९, ०७ : ५७
18 Shares
सोमबार, ०७ कार्तिक २०७९
18 Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस ओमिक्रोनको सबभेरियन्ट एक्सबीबीका संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत् पहिलोपटक यो भेरियन्ट फेला परेको जनाएको छ ।

मन्त्रालयले देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूको नमूनाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा केही नमूनाको जिनोमिक पहिचानको क्रममा उक्त संक्रमण पाइएको विज्ञप्तिमार्फत जनाएको छ । यो भेरियन्ट विभिन्न देशहरूमा समेत फैलिरहेको र कोभिड-१९ को संक्रमण बढेको सन्दर्भमा मास्कको उचित प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न गराउन मन्त्रालयले सचेतसँगै अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।