ताजा अपडेट »

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या

मंगलबार, ०१ कार्तिक २०७९, २१ : १७
46 Shares
मंगलबार, ०१ कार्तिक २०७९
46 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । 

मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले झापा ५ (क) का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले बताए । 

रुघाखोकीको ज्वरो आएर ओली आज भेटघाट तथा अन्य कार्यक्रममा जान नसकेको उनले बताए । आज ओलीले दमकस्थित निवासमै आराम गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।