ताजा अपडेट »

पाल्पा लगाएत पहाडी जिल्लाहरुमा डेंगुको संक्रमण

विहीबार, २७ असोज २०७९, २२ : १०
56 Shares
विहीबार, २७ असोज २०७९
56 Shares

काठमाडौं । पछिल्लो समय पहाडी जिल्लाहरुमा डेंगुको संक्रमण देखिएको छ ।

पाल्पामा तीन महिना नपुग्दै डेंगु संक्रमितको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षमा मात्रै ५८६ जनामा डेंगु संक्रमण देखिएको हो । साउन महिनामा जम्मा २३ जनामा मात्र संक्रमण देखिएकोमा भदौमा १३४ र असोज महिनाको हालसम्म ४२९ जना थपिएसँगै संक्रमण बढेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले बताए ।

पछिल्लो समय सरकारी स्वास्थय संस्थासँगै निजी मेडिकल र क्लिनिकमा पनि लक्षणसहितका बिरामी बढेपछि दैनिक संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला सदरमुकाम तानसनसँगै रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा संक्रमित धेरै देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए।

चाडपर्वका बेला बाहिरी जिल्लाबाट पनि मानिसहरु जिल्लामा भित्रिएको हुँदा उनीहरुबाट पनि संक्रमण बढेको हुन सक्ने स्वास्थयकर्मीहरुले बताएका छन् । जलवायु परिवर्तन मानिसहरुको धेरै आवागमन हुने हुँदा लामखुट्टेबाट सर्ने रोग फैलिएको हुनसक्ने विज्ञहरुले बताएका छन्।

यसैबीच जिल्लामा डेंगुका संक्रमित बढेसँगै आवश्यक रोकथाम नियन्त्रण र व्यवस्थापनका लागि सब स्थानीय तहलाई पूर्व तयारी गर्न पनि स्वास्थ्य कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।