ताजा अपडेट »

उपचारको क्रममा रहेका दुई कैदी फरार

शनिबार, १५ असोज २०७९, २० : ४४
59 Shares
शनिबार, १५ असोज २०७९
59 Shares


विराटनगर । मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्।

शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार झापा जिल्‍ला कारागारका उनीहरूमा क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो।

क्षयरोग लागेपछि हेमरम गत असार १३ गते र गुरुङलाई भदौ ७ गते झापाबाट विराटनगर अस्पताल लगिएको थियो। दुवैको खोजी भईरहेको छ । - न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।