ताजा अपडेट »

थपिए ५३ जना कोरोना संक्रमित

सोमबार, १० असोज २०७९, १७ : ३९
48 Shares
सोमबार, १० असोज २०७९
48 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ सय २४ जनामा गरिएको परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ सय २५ जनामा गरिएको पीसीआर परीक्षणमा ३९ जना र १७ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा १४ जनामा संक्रमण देखिएको हो । सोही अवधिमा ८४ जना कोरोना संक्रमित निको भएका छन् ।

आज मुलुकभर ११ सय ७८ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।