ताजा अपडेट »

देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु

शनिबार, ०८ असोज २०७९, १९ : ३८
24 Shares
शनिबार, ०८ असोज २०७९
24 Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार हजार एक सय २६ जनाको स्वास्थ्य परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार एक सय १६ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका मन्त्रालयले जनाएको छ । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ । आज एकजनाको संक्रमणका कारणले निधन भएको मन्त्रालयको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।