ताजा अपडेट »

श्रीमानद्वारा श्रीमती बलात्कार मुद्धाको रहस्य...

मंगलबार, ०४ असोज २०७९, १३ : २६
115 Shares
मंगलबार, ०४ असोज २०७९
115 Shares

गुल्मी । गत जेठ २५ गते राती गुल्मीको मदाने गाउँपालिकामा श्रीमानले आफुलाई बलात्कार गरेको भन्दै जेठ २८ गते एक महिलाले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दिईन। प्रहरीले ती पुरुषको नाम ठेगना सार्वाजानिक ग¥यो । सोही अनुसार समाचार बाहिरिए पछि देश बिदेश सम्म सनसनी फैलियो । छिमेकीहरुले हुँदै नभएको कुरा आयो भनेर विरोध जनाए ।

आरोपित पुरुषका बाबु आमा दुबै जना रुँदै झुटो कुरा भएको पीडा पोखे । बाबु आमाका अनुसार उनका छोरा त्यस साँझ खान खाई सुत्न गएका थिए । त्यस अघि भोलीतिर विदेश उड्नका लागि काण्माण्डौं हिड्छु भन्दै कुराकानी गरेका थिए। तर दुर्भाग्य श्रीमतिले बलात्कारको मुद्धा दिए पछि उनि प्रहरी कष्टडीमा बस्नु प¥यो । साउन १९ गते आएर जिल्ला अदालतबाट मुद्धा पुर्पक्षका लागि एक लाख धरोटीमा छाड्ने आदेश भयो। अन्ततः साउन २२ गते उक्त, धरौटी रकम बुझाएर ती पुरुष बाहिर निस्कीए । मुद्धा बिचारधिन रहेको त्यस अदालतले जनाएको छ। अदालतले दुबैको नाम गोप्य राखेको छ ।

अदालत श्रोतका अनुसार ती महिलाले आफुलाई जबरजस्ती करणी नगरेको बयान दिएकी छन्। अदालतको प्रश्न–२०७९ साल जेठ २५ गते राती जबरजस्ती करणी गरेका हुन कि होईनन? ती महिलाको जवाफ–जवरजस्ती करणी गरेका होईनन । दोश्रो प्रश्नः जबरजस्ती करणी नगरेको भए जाहेरी दिनु पर्ने कारण के होला? जवाफ–प्रतिवादीले रक्सी सेवन गरी हो हल्ला गर्ने भएकोले निजलाई सुधार्नका लागि रीस आवेगमा आई उजुरी दिएकी हुँ ।’

हाम्रो जिज्ञासामा पनि ती महिलाले श्रीमानलाई सुधार्नका लागि जबरजस्ती करणीको मुद्धा दिएको बताएकी छन् । उनका श्रीमानले पनि प्रेम विवाह गरेको ९ बर्ष भएको, दुई सन्तान जन्मिने बेलासम्म पनि जवरस्ती गर्न नपरेको तर श्रीमतिले रीस आवेगमा आई त्यस्तो उजुरी दिए पनि अहिले आफुहरु बीचको सम्वन्ध राम्रो रहेको बताए । ८१ वर्ष उमेर पुगेका र गत ४० वर्ष देखि जिल्ला अदालत गुल्मीमा अधिवक्ता रहेका प्रेमराज आचार्यले भने ‘यो वा त्यो मुद्धामा भनेर किटान नगरौं तर यसले गर्दा समाजमा बहुत नराम्रो प्रभाव पारेको छ । यो अनुसन्धानकर्ताले राम्रो संग निष्पक्षभावले हेरि दिएन र सुनुवाई भएन।’

त्यस अदालतका अर्का अधिवक्ता चिरञ्जिवी शर्मा भन्छन्-‘उजुरी परेपछि दर्ता त गर्नु पर्छ तर अनुसन्धानको कार्यलाई अलि दरिलो बनाउनु पर्छ सुक्ष्मरुपमा अध्यान गर्नु पर्छ । अहिले चाँही हचुवाको भरमा विना अध्यान जाहेरी पर्न बित्तिकै त्यसलाई अगाडी बढाउने त्यस्तो प्रकृयाहरु देखिन्छ प्रायः यो चाँही अलि फितलो भएको छ। खासखरी अनुसन्धानमा प्रमाणहरु बटुल्ने त्यस्ता कुराहरु नगरेको देखिन्छ। यसलाई चाँही गहिरिएर सुक्ष्म अध्यान गरेर अनुसन्धान गर्नु पर्छ भन्ने मलाई लाग्छ।’

जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहलले भने महिला सेलका प्रहरी समेत लगाएर सवुत प्रमाण जुटाएरै जवरजस्ती करणीका मुद्धा दायर गरिने दाबी गर्दछन् । उनले भने महिलाहरुका मुद्धामा हामीहरु सिरियस छौं, प्रारम्भिक अध्यान गरेरै मुद्धा अगाडी बढाऔं।’ त्यसो त केहि वर्ष अघि त्यसै जिल्ला प्रहरी कार्यालयमा सिमिचौरकी एक किशोरीले आफुलाई बाबुले बलात्कार गरेको जाहेरी दिएकी थिईन । आमा छोरी मिलेर दिईएको त्यस जाहेरी पनि पछि गएर झुट हुन पुग्यो। रातैदिन रक्सी सेवन गरेर सताएकोले सुधार गर्नका लागि मात्र बलात्कारको मुद्धा दिएको पछि बयान दिए पछि ती पुरुष छुटेका थिए ।

उनी प्रहरीबाट छुटेको केहि समय पछि झुण्डिएर आत्माहत्या गरेको रेसुङ्गा नगरपालिका १० सिमिचौरका पुर्व वडाध्यक्ष पदमप्रसाद अर्यालय बताउँछन् । त्यस घटनाले पनि सहि अध्यान, अनुसन्धान हुन नसके थप अपराध निम्तिने देखाउँछ । त्यस्तै अन्य केहि झुटा मुद्धाका कारणबाट अप्रिय घटना घटेका उदाहरणहरु धुपै्र रहेको विभिन्न गाउँका बासीन्दाहरुले बताउँदै आएका छन् ।

बलात्कार बन्दै प्रेम सम्वन्ध
अर्को कुरा मुलुकी अपराध संहिता २०७४ लागु भए यत्ता लामो समयदेखि प्रेम सम्वन्ध राख्दै आएका र विवाह समेत गरेर भागेका तर महिलाको विवाह गर्ने उमेर नपुगेका कारण पुरुष बलात्कार मुद्धामा जेल जानु परिरहेको छ । छिमेकी जिल्ला बाग्लुङ्गको बडिगाड गाउँपालिका–८ रनसिंहे किटानी गाउँका १९ वर्षीय सुनिल सुनार यति बेला प्रेमीकालाई जबरजस्तीकरण मुद्धा पुर्वक्षका लागि कारागार थुनामा छन् ।

उनले सोही पालिका वडा नम्वर ४ जलजला गाउँकी १७ बर्षीय मगरथरकी किशोरीसँग प्रेम सम्वन्ध राखेर फागुन महिनामा भागी विवाह समेत गरेका थिए । तर सुनिल तल्लो जातको केटा भएका कारण सम्वनध छुटाउन ति किशोरीका बाबु आमाले जवरजस्तीकरणी, अपहरण र शरिर बन्धक मुद्धा दिए । अन्ततः सुनिललाई मात्र प्रहरीले पक्राउ गरेन उनका बाबु बृखमान सुनारलाई समेत मतियार बनाएर मुद्धा दिईयो र पक्राउ गरियो । अहिले बृखमान धरौटीमा छुटेका छन् ।

छोरा सुनिललाई भने जातियताकै फसाईएको बाबु बृखमानको जिकिर छ । यता गुल्मीमा उमेर नपुगेकी किशोरीसँग प्रेम सम्वनध राखेका चार जना युवाहरु पनि जवरजस्ती करणी मुद्धामा कारागार थुनामा बसेर कलिला सपनाहरु चकनाचुर पारिरहेका छन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार