ताजा अपडेट »

नेपालमा ११० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

शुक्रबार, ३१ भदौ २०७९, १७ : ४८
6 Shares
शुक्रबार, ३१ भदौ २०७९
6 Shares

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८२७ जनाको नमूना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो । जसमा ६० जनामा पिसीआरबाट र ५० जनामा एन्टीजेनबाट संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने एक जनाले ज्यान गुमाएका छन् । हाल २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।