काठमाडौं। छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ४-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा नेपालका लागि रश्मी कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गरिन् । नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपाल श्रीलंकालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । समूह ‘बी’ को नेपालले १ खेलमा ३ अंक जोडेको छ । श्रीलंकालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो । श्रीलंका भने पहिलो जितको खोजीमा रहेको छ । सेमिफाइनलमा पुग्न श्रीलंकालाई फराकिलो जितको आवश्यकता रहेको छ । पहिलो खेलमा श्रीलंकालाई भुटानले ५-० गोल अन्तरले हराएको थियो ।
यस समूहमा भुटान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । १ खेलमा अंक विहीन श्रीलंका समूहको पुछारमा रहेको छ । यदि श्रीलंका नेपालसँग पराजित भएको खण्डमा भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ । समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ ।
प्रतिक्रिया