ताजा अपडेट »

लुम्बिनी डान्स आइकनको उपाधि बुटवलका रितिकलाई

सोमबार, २७ भदौ २०७९, १६ : १९
26 Shares
सोमबार, २७ भदौ २०७९
26 Shares

बुटवल । लुम्बिनी डान्स आइकन प्रतियोगितको उपाधि बुटवलका रितिक गिरीले जितेका छन् । भदौ २५ गते बुटवलमा भएको फाइनमा २० जना प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै बुटवलका गिरि प्रथम भएका हुन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतियोगि सहभागि प्रतियोगितामा प्रदेशभर गरी १५ सय ३१ प्रतियोगिले प्रतिस्पर्धामा भाग लिएका थिए । जसमध्ये २० जना मात्रै फाइलमा पुगेका थिए । प्रतियोगिताको विजेता गिरिले नगद १ लाख १ हजार १११ रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै उप–विजेता समिक्षा बारघरेले २५ हजार ५५० र तृतीय एन्जीला थापाले २० हजार २५० नगद र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक सुन्दर गुरुङले बताए । यस्तै प्रतियोगितामा दर्शकहरुको छनौटमा पर्न सफल तिस्णा क्षेत्रीलाई नगद २० हजार १११ र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका सह-संयोजक माइकलदेव दलार्मीले जानकारी दिए ।

नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा भएको लुम्बिनी डान्स आइकन प्रतियोगिताको अडिशन प्रदेशका १२ वटै जिल्लामा असार ३२ गतेदेखि साउन २१ गतेसम्म भएको थियो । प्रतियोगितको निर्णायकको रुपमा रबि राना, बुद्ध लामा र मोडल अन्जली अधिकारी रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।