बुटवल । लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य हुन्छ र निर्वाचनका बारेमा विद्यार्थीहरुलाई पनि जानकारी दिनुपर्छ त्यसैले विद्यार्थीलाई सिकाइसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले शुक्रबार इन्टेलेक्चुअल एकेडेमीमा नमूना निर्वाचन गरिएको छ ।
एकेडेमीको बाल क्लब र रेडक्रस सर्कल गठन गर्ने क्रममा नमुना निर्वाचनको माध्यमद्वारा पदाधिकरी निर्वार्चित गरिएको हो । कक्षा ५ देखि १० सम्मका बिद्यार्थीहरु सहभागी रहेको निर्वाचनबाट बाल क्लबको अध्यक्षमा कक्षा ९ की छात्रा नेहा भारी निर्वाचित भएकी छन् ।
क्लबको अध्यक्षमा ४ जना विद्यार्थी उमेद्वार थिए भने उपाध्यक्षमा कक्षा ७ का छात्र दिवस भण्डारी विजयी भएका छन्। उपाध्यक्षमा २ जना उमेद्वार थिए । क्लबको सचिवमा कक्षा ५ की छात्रा अप्सु लम्साल विजयी भएकी छन्। सचिवमा पनि ४ जना उम्मेद्वार थिए।
त्यसैगरी रेडक्रस सर्कलको अध्यक्षमा कक्षा ९ की छात्रा अरिना महत निर्वाचीत भएकी छन्। अध्यक्षमा २ जना उमेद्वार थिए भने उपाध्यक्षमा कक्षा ८ का छात्र सुजल पौडेल विजयी भएका छन्। उपाध्यक्षमा ४ जना उमेद्वार थिए। त्यस्तै रेडक्रस सर्कलको सचिबमा भने कक्षा ९ की छात्रा एन्जिला श्रेष्ठ र कक्षा ८ का छात्र शूभसक्षम पालुङ्गेले बराबर मत ल्याएकाले दुबै जनाले पालैपालो काम गर्ने गरि निर्वाचित भएको घोषणा गरिएको छ ।
निर्वाचित पदाधिकारीहरुलाई स्कूलका प्रबन्ध निर्देशक रामराज पोख्रेलले टिका र खादाले सम्मान गरेका थिए । नमूना निर्वाचन भए पनि आवधिक निर्वाचनको झल्को दिने गरी व्यवस्थित र मर्यादित तवरबाट निर्वाचन सम्पन्न गरिएको थियो।
प्रतिक्रिया