ताजा अपडेट »

निर्माण भएका कानून कार्यान्वयनमा जोड

विहीबार, २३ भदौ २०७९, २१ : १६
30 Shares
विहीबार, २३ भदौ २०७९
30 Shares

बुटवल । सरकारले निर्माण गरेका कानुन तथा प्रदेश सभामा पेश भएका र पारीत भएका विधेयकहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा मानव अधिकार रक्षकहरुको संरक्षण तथा सम्बर्धनका लागि प्रदेश सांसद र मानव अधिकार रक्षकहरु बीच भएको छलफल कार्यक्रममा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका कानुन सचिव राजेन्द्र थापाले मानव अधिकार रक्षकको काम कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक मसौदा प्रस्तुत गरेका थिए । लुम्बिनी प्रदेशका आन्तरिक मामीला कानुन तथा सञ्चार मन्त्री लिलकराम शर्माले एउटा संसदको अन्त्य र अर्को संसदको सुरु हुने समयमा मानव अधिकार रक्षकको मानव अधिकारका लागि आएको विधेयकलाई आबश्यक छलफल र बिधि प्रक्रिया पुरा गरेर पारीत गर्नुपर्ने बताए । प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको मिती घोषणा भइसकेको अबस्था भएपनि आगामी सरकारले सुझाव संकलन गरी आबश्यक अध्ययन गरेर व्यवस्थीत गरी पारीत गर्नुपर्ने उनको भनाई थियो । युद्धकालिन अबस्थामा मानव अधिकार रक्षकले खेलेको भुमीका महत्वपूर्ण रहेको मन्त्री शर्माले बताए । विधेयक मसौदाको रुपमा आएकोले यसलाई छलफल, आबश्यक सुझब संकलन गरी पारीत गर्ने प्रक्रिया अझै बाँकी रहेकाले यसलाई पारीत गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै, कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी, दीपा बि.क, अर्जुन केसी, कमला बि.क, तुलसीप्रसाद चौधरी, रमा अर्याल, तुलाराम घर्ती, आइपी खरेल, मुख्यन्याधीवक्ता श्रीकृष्ण सुवेदी, अधिवक्ता लगायतले नयाँ विधेयक बनाउने भन्दापनि बनेका विधेयक कार्यान्वयन गर्नू महत्वपुर्ण हुने बताए । विधेयक प्रभावकारी कार्यान्वयनका लागि तिन तहकै सरकारको आआफ्नै भूमीका रहेको उल्लेख गर्दै विधेयक कार्यान्वयनका लागि सबैको साथ र सहयोग आबश्यकमा उनिहरुले जोड दिए ।

मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मीको हितका लागि बन्न लागेको महत्वपुर्ण विधेयक भएकाले बिशेष ध्यान दिएर आबश्यक प्रक्रिया पूरा गरि यसलाई पारीत गर्नुपर्ने उनिहरुको भनाई थियो । मानवअधिकार रक्षकहरुले जोखिममा परेर काम गरिरहेको अबस्थामा बन्न लागेको यो बिधेयकले सहज बनाउने विश्वास व्यक्त गरे । इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतको अध्यक्षता, लुम्बिनी प्रदेशका आन्तरिक मामीला कानुन तथा सञ्चार मन्त्री लिलकराम शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन इन्सेक रुपन्देही प्रतिनिधि रीमा बिसीले गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।