ताजा अपडेट »

शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशको उल्लेख्य लगानी : मन्त्री खाँ

विहीबार, २३ भदौ २०७९, २१ : २०
136 Shares
विहीबार, २३ भदौ २०७९
136 Shares


भैरहवा । लुम्बिनी प्रदेशका शिक्षा, युवा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँले सरकारले प्रदेश भित्रको शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको बताएका छन् ।उनले प्रदेश सरकारले आफ्नै बिश्व बिद्यालय सञ्चालन गर्ने गरी बाँकेको नेपालगञ्जमा लुम्बिनी प्राबिधिक बिश्व बिद्यालय स्थापना गरेको बताउदै शिक्षा क्षेत्रको बिकासका लागि आवश्यक बजेट छुट्टाएको बताए ।

रुपन्देहीको सियारी गाउँपालिकामा तेश्रो सियारी शिक्षा दिवस तथा ५६ औ अन्तराष्ट्रिय साक्षरता दिवस बिभिन्न कार्यक्रममा बोल्दै मन्त्री खाँले उच्च शिक्षामा पनि लगानी बृद्धि भएको बताए ।उनले सियारीलाई माछाको हवको साथै शिक्षाको हवको रुपमा बिकास गर्दै जाने योजना अनुसार सियारीको शिक्षा क्षेत्रमा बिभिन्न योजनाहरु परेको दावी गरे ।

खाँले सियारीस्थित छपियामा प्रदेशकै नमुना बिज्ञान संग्रालय निर्माण गर्न लागिएको बताए । सियारीको छपिया नमुना माविलाई प्रदेशकै नमुना संग्रहालयको रुपमा बिकास गर्न १० करोड रुपैया बिनियोजन भएको र त्यसको काम केहि समय भित्रै सुरु हुने उनके भनाई छ ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सियारीलाई पर्यटनका साथ साथै शिक्षाका क्षेत्रमा पनि परिचित बनाउने गरी कामहरु अगाडि बढेको बताए । उनले यस क्षेत्रका कतिपय बिद्यालयहरुको स्तरोन्नती गर्नु पर्ने भएकाले प्रदेश सरकारले आवश्यक बजेटको प्रवन्ध मिलाईदिन मन्त्री खाँ समक्ष आग्रह गरे ।

शिक्षा दिवसको अवसरमा सियारी गाउँपालिका भित्र शिक्षा क्षेत्रमा योगदान पु¥याउने शिक्षक, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, बिद्यार्थी लगाएतलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, शिक्षा शाखा प्रमुख सुधिर पौडेल लगाएतले बोल्दै १० बर्षे सियारी शैक्षिक योजना निर्माण गरी त्यसको कार्यान्वयनको बाटोमा रहेको उल्लेख गरे । सियारीको शैक्षिक गुणस्तरमा सुधार आएको बताउदै सियारीलाई शैक्षिक हवको रुपमा बिकास गर्नका लागि पालिका लागिरहेको वक्तहरुको भनाई थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।