ताजा अपडेट »

घोराहीमा राष्ट्रिय परिचय पत्र बनाउने अभियान

सोमबार, २० भदौ २०७९, २० : २५
28 Shares
सोमबार, २० भदौ २०७९
28 Shares

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा सोमबारदेखि राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएको छ । वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र बनाउने काम सुरु गरिएको वडा अध्यक्ष भानसिंह बुढाले जानकारी दिए ।

यसअघि राष्ट्रिय परिचय पत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयसम्म धाउनु पर्दा नागरिकले लामो लाइनको सास्ती झेल्नु परेको थियो । वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र बनाउन सकिने भएपछि वडावासी खुशी भएका छन् । उनीहरूलाई हप्तासम्मको लाइनमा बसेर राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने बाध्यताको अन्त्य भएपछि सहजताको महसुस गरेका हुन् । 

आजबाट सुरु भएको यो अभियान केही दिनसम्म मात्र जारी रहने भएकाले वडावासीलाई राष्ट्रिय परिचय पत्र बनाउनका लागि वडा कार्यालयमा आउन वडा अध्यक्ष बुढाले आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।