काठमाण्डौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्न बनेको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। सिंहदरबारमा ११ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश जबराको बयान दिनेछन्।
राणासँग बुधबार र बिहिबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि उनलाई आज पनि बोलाइएको हो। बुधबार र बिहिबार दुईदिन बसेको बैठकमा जबराले ७ वटा प्रश्नको जवाफ दिएका थिए।
पहिलो दिनको बैठकमा ४ घन्टा चोलेन्द्रले जवाफ दिएका थिए। दोस्रो दिनको बैठक २ घन्टा मात्र चलेको थियो। समितिले ४३ वटा प्रश्न सोध्ने तयारी गरे पनि सवालजवाफ लम्बिँदा बयान लिन अझै केही समय लाग्ने देखिएको छ।
प्रतिक्रिया