ताजा अपडेट »

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरिदिने विश्वास छ : गृहमन्त्री खाँण

शनिबार, १८ भदौ २०७९, १७ : १७
33 Shares
शनिबार, १८ भदौ २०७९
33 Shares

भैरहवा । नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारीत गरेपछि राष्ट्रपतिले प्रमाणिकरण गरिदिने गृहमन्त्री बालकृष्ण खाँणले विश्वास ब्यक्त गरेका छन् । संविधान बमोजिम नै राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाई पुनः भोली राष्ट्रपति समक्ष पेश गर्ने खाँणले बताएका हुन ।

सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघको शनिबार भैरहवामा आयोजित दोश्रो साधारण सभा तथा पहिलो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले बिधेयकले लाखौं अनागरिकलाई नागरिकताको सुविधा दिने हुदा यसको प्रमाणीकरण हुने विस्वास ब्यक्त गरेका हुन् । गृहमन्त्री खाँणले संविधानको धारा ११ मा रहेको ब्यवस्थालाइ कार्यन्वयनमा ल्याउन नागरिकता बिधेयक ल्याएको बताए । उनले अहिले नेपाली नागरीक आमा बुवाका लाखौ सन्तान अनागरीक रहेको कारण आधारभूत आवश्यकता पनि पूरा गर्न नसकेको जिकिर गरे । ‘नेपाली नगारिकलाइ नगरिकता दिनु पर्ने ब्यवस्था संविधानले दिएको छ ।’– उनले भने, तर अहिले पनि लाखौ नेपाली अनागरिक भएका छन, उनिहरु असहज जीवन जिउन बाध्य भएका छन । उनिहरुलाइ ध्यानमा राखेर यो बिधेयक ल्याइएको हो । यो बिधेयकले लाखौ युवाहरुमा देशप्रतिको राष्ट्रभाव बढ्नेछ ।

यस्तै खाँणले उद्योगी व्यवसायीलाई सुरक्षाको प्रत्याभुती गराउनु राज्यको दायित्व भएको र यसको समुचित प्रवन्ध मिलाइने जनाए । खाँणले कार्यक्रममै उपस्थित सुरक्षा निकायका प्रमुखहरुलाइ व्यवसायीहरु संग छलफल गरि यसको समाधान गर्न निर्देशन समेत दिए । अहिले बिभिन्न बस्तुको आयतमा सरकारले प्रतिवन्ध लगाए पनि सुन आयतमा कडाइ नगरेको बताए । अहिले भईरहेको १० किलो सुनको आयातको लागि पुनरावलोकन गर्ने उनले ब्यवासायीहरुलाई आश्वासन दिए ।

सरकारको फितलो नीतिले धरासायी : व्यवसायी

यस अघि सुनचाँदी ब्यवसायीहरुले सरकरको फितलो नीतिका कारण ब्यवसाय धराशायी बनेकोले यस सम्बन्धि ठोस नीति बनाइदिन गृहमन्त्री बालकृष्ण खाणलाइ आग्रह गरेका थिए । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ अध्यक्ष प्रकाशमणी विश्वकर्माले विद्यमान कानूनका कारण सुनचाँदी खरिद गरि बैंकबाट पसल सम्म ल्याउन विभिन्न किसिमको असुरक्षा महसुस हुने गरेको बताए । ‘बैंकबाट सुन खरिद गर्दा ठूलो रकम बैंकमा दाखिला गर्नु पर्ने र सुनचाँदी खरिद पछि सो सुरक्षा साथ सुनलाइ पसल सम्म लैजान ठूलो चुनौती छ ।’ उनले भने, यस बिषयमा ठोस नितिका लागि गृहमन्त्री लाइ पहल गरिदिन आग्रह छ ।

विश्वकर्माले ठोस नीति नहुदा नै समय समयमा राज्यले यो व्यवसायलाइ गलत रुपमा बुझेको र व्यवसायीहरु निर्धक्क रुपमा आफ्नो पेशा गर्न नपाएको गुनासो गरे । सुनचाँदी व्यवसायको प्रष्ट मापदण्ड नहुनु, मागको तुलनामा अत्यन्तै कम सुन पाउनु, स्वदेशी कामदारको अभाव, खरिद प्रक्रिया अत्यन्तै झन्झटिलो हुनु लगायत पेशाका चुनौती रहेको ब्यवसायीहरुको गुनासो रहेको छ ।

भैरहवा तथा यस आसपासमा छरिएर रहेका सुनचाँदी व्यवसायीहरुलाइ एकत्रित गरि २०७६ सालमा सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ दर्ता भएको हो । संघमा १ सय १५ जना व्यवसायीहरु आवद्द रहेका छन । संघले आजै अर्को कार्यकालको लागि अधिवेशन पनि गर्ने सचिव किस्मत रामदामले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।