ताजा अपडेट »

करेन्ट लागेर बाबुछोराको मृत्यु

विहीबार, १६ भदौ २०७९, २१ : १५
37 Shares
विहीबार, १६ भदौ २०७९
37 Shares

सिरहा । सिरहामा करेन्ट लागेर बिहीबार बाबु र छोराको ज्यान गएको छ । गोलबजार नगरपालिका–६ का विजय साह र उनका छोरा १९ वर्षीय अमर साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरनजिकैको इनारमा मोटर जोड्ने क्रममा विजय साहलाई करेन्ट लागेपछि उनलाई बचाउन पुगेका छोरा अमरलाई समेत करेन्ट लागेपछि दुवै घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । -न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।