ताजा अपडेट »

केराबारीमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

विहीबार, १६ भदौ २०७९, ०९ : ११
18 Shares
विहीबार, १६ भदौ २०७९
18 Shares

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । वर्षाका कारण आज बिहान करिब ५ः५० बजेतिर  केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो । सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

साँघुरो मौरी पुल खोलाको ग्राभेलले भरिएपछि खोला सडकभन्दा माथिबाट बगेको छ । पानी पर्ने बित्तिकै मौरी पुलमा लेदोसहितको पहिरो खस्ने गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।