ताजा अपडेट »

‘राधा’ देशभरका हलबाट उतारियो

मंगलबार, १४ भदौ २०७९, १४ : ५०
44 Shares
मंगलबार, १४ भदौ २०७९
44 Shares

काठमाडौं । प्राइम टाइम र पर्याप्त शो नपाएको भन्दै ‘दि सिक्रेट अफ राधा’ मंगलबारबाटै देशभरका सिनेमा हलबाट उतारिएको छ । निर्माण पक्षले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । 

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको ‘राधा’ १० भदौदेखि प्रदर्शनमा आएको थियो । तर, सिनेमा हलहरूले राधालाई प्राइम टाइम र पर्याप्त शो नपाएको निर्माण पक्षको गुनासो छ ।

बेपत्ता श्रीमानको कथामा बनेको चलचित्रको निर्देशक सुवर्ण थापा हुन् । सिनेमामा सृष्टिका अलवा सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सिनेमामा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथि भूमिकामा प्रस्तुत छन् । निर्देशक थापाले अभिनेता सौगात मल्लसँग सहकार्य गरेर सिनेमाको निर्माण गरेका हुन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।