ताजा अपडेट »

चालकलाई सडकमै प्रशिक्षण

मंगलबार, २२ माघ २०७५, १६ : ४२
16 Shares
मंगलबार, २२ माघ २०७५
16 Shares

माघ २२,
गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक–फरक तरिकाबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्रहरीले गाडी धनी, चालक तथा सहचालक, बिद्यार्थी, यात्रुहरु, सर्बसाधरणलाई फरक–फरक तरिकाबाट सचेतना कार्याक्रमहरु गर्दै आएको छ ।
‘ट्राफिक नियम जनौ र मानौ, आफूूपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ गुल्मीमा ट्राफिक सचेतना कार्यक्रमहरु गर्दैै आएको प्रहरी नायव निरिक्षक पृथ्वीनारायण काफ्लेले बताए । ट्राफिक कार्यालय गुल्मीले मंगलवार तम्घासको उदिनढुंगा र रुरु गाउँपालिकाको रिडी बसपार्कमा ओभरटेक गर्दा ध्यान दिनुपर्ने बिषयमा सचेतना कक्षा सञ्चालन गरेको हो ।


प्रहरीले सडकमै यातायात ब्यवसायी, चालक, सहचालक स्थानियलाई राखेर ओभरटेक गर्दा ओभरटेक गर्न दिने सवारी साधनले उचित स्थानमा बायाँ तर्फको साइड लाइट बाली साइड दिने र ओभरटेक गर्ने सवारी साधनले दाहिने तर्फको साइड लाइट बालेर मात्र ओभरटेक गर्ने बारे सचेतना स्वरु प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब निरिक्षक काफ्लेले बताए ।

उनले ओभरटेक गरिसकेपछि बायाँ तर्फको साइड लाइट बालि आफ्नो लेनमा जाने सम्बन्धमा जानकारी गराउनुको साथै अभ्यास समेत गराइएको प्रहरी नायब निरीक्षक काफ्लेले बताए । दुर्घटनाको एउटा महत्वपूर्ण कारक तत्वमा गाडीहरु एक आपसमा ओभरटेक गर्दा अपनाउनु पर्ने सर्तकता खेलवाडका कारण पनि हुने हुँदा चालकहरुलाई सचेत गराउनको लागि कार्यक्रम गरिएको काफ्लेले बताए ।


उनले यातायात ब्यवसायी, चालक, सहचालक स्थानियलाई अन्य ट्राफिक नियम सम्बन्धमा पनि जानकारी गराइएको बताए । वढ्दो दुरर्घटना रोक्नको लागि ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक नियम र सवारी दुर्घटना कारण तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि बिद्यालय,चालक र सहचालक हरुलाई पनि सचेतना कार्यक्रम गर्दै आएको छ ।


जिल्ला ट्राफिक कार्यालय गुल्मीले आर्थिक वर्ष २०७५/०७६ को ६ महिनामा झण्डै १६ लाख राजस्व संकलन गरेको छ । गएको साउनदेखि पुस सम्मको तथ्याङ्क अनुसार नियम बिपरित चलाएका सवारी साधनमाथी गरिएको कारवाहीमा १५ लाख ५४ हजार राजश्व असुली गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । ट्राफिक नियम उल्लंघन गरी सवारी चलाए वापत जिप,बस,कार,मोटरसाइकल,ट्याक्टर,ट्रक लगायतका २ हजार ५ सय ९८ वटा सवारी साधनमाथी कारवाही गरेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।