ताजा अपडेट »

एम्स कलेज बुटवलको आयोजनामा तनाव ब्यबस्थापन अभिमूखिकरण तथा तिज विशेष कार्यक्रम

आइतबार, १२ भदौ २०७९, १९ : ३१
34 Shares
आइतबार, १२ भदौ २०७९
34 Shares

बुटवल । एम्स कलेज बुटवलले आइतबार शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीका लागि तनाव व्यवस्थापन सम्बन्धि अभिमूखिकरणसहित तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । नशा एवम् मनोरोग विशेषज्ञ डा. विनोद पौडेलले तनाव सिर्जना हुनुका कारण, तनाव ब्यबस्थापनका उपायहरुका साथमा मानव जिवनका विभिन्न कालाखन्डमा बहुपक्षीय विषयका बारेमा सहजीकरण गरेका थिए ।

सहभागीहरुका समस्या तथा व्यवहारिक जिवनमा आइपर्ने समस्या समाधानका बारेमा डा. पौडेलले जानकारी गराएका थिए । प्राध्यापक सुरज शाक्यको सन्चालन र विकाश श्रेष्ठको स्वागतसँगै भएको कार्यक्रममा कलेजका प्रमुख दीपक ढकालको अध्यक्षता, कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपाने लगायतले बिचार व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै कलेज प्रमुख ढकालले हरेका मानव जिवनका लागि स्वस्थ्य अपरिहार्य भएको बताउँदै सचेतनाका कार्यक्रमहरु सबैका लागि आवश्यक रहेको बताए ।

आइतबार नै काउन्सिल अफ एम्स स्टुडेण्टसले विद्यार्थी एवम् कर्मचारिहरुलाई सहभागी गराई तिजको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् । गायक श्रीधर अधिकारिले तिजका विभिन्न गित संगीत प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।