तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा गुणीय चक्र अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न भएको छ । रुपन्देही हबको आयोजनामा संचालित तालिममा विद्यार्थी गुणीय चक्रका बिभिन्न समस्या पहिचान र समाधानका औजारहरुको बारेमा प्रशिक्षण दिइएको थियो ।
मणिग्रामस्थित न्यू इन्भारन्मण्ट स्कूलमा सम्पन्न तालिममा यस क्षेत्रमा झण्डै २ दर्जन शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्वेष्ट नेपालका सल्लाहाकार तथा सिनियर माष्टर ट्रेनर दिपक गौतम, रुपन्देही हवका हव कोर्डिनेटर तथा माष्टर ट्रेनर ध्रुव खरेल साथै अन्य माष्टर ट्रेनरहरु प्रभात केसी र सुर्य पौडेलले प्रशिक्षण दिए ।
हव कोर्डिनेटर ध्रुव खरेलको अध्यक्षता, न्यु इन्भाइरन्मण्ट माबिका प्राचार्य तथा माष्टर ट्रेनर मधु प्रकास ज्ञवालीको प्रमुख आतिथयतामा सम्पन्न कार्यक्रमको सञ्चालन माष्टर ट्रेनर बाबुराम गैरेले गरेका थिए । रुपन्देही हबले आगामी भदौ २५ गते हव सम्मेलन सञ्चालन गर्ने हव कोर्डिनेटर खरेलले जानकारी दिए ।
प्रतिक्रिया