तिलोत्तमा । रुपन्देहीको तिलाेत्तमा २ मा रहेकाे शंकरनगर दुर्गादत्त माविमा विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको छ । नेपाल सरकारबाट प्राप्त भएकाे छात्रवृत्ति कक्षा १ देखि कक्षा ८ सम्मका दलित छात्र र सम्पुर्ण छात्राहरुलाई जनही ४०० का दरले ३२९ जना विद्यार्थीहरुलाई वितरण गरिएकाे विद्यालयले जनाएकाे छ ।
साथै शैक्षिक सत्र २०७८ काे कक्षागत नतिजा र तहअनुसारकाे संयुक्त नतिजाकाे समेत पुरस्कार वितरण गरिएकाे हाे । तिलाेत्तमा नगरपालिका वाड नम्बर १ र २ र ३ का विद्यार्थीहरूले अध्ययन गर्ने साे विद्यालयमा अंग्रेजी र नेपाली माध्यम गरि दुई वटा सेक्टरमा अध्ययन अध्यापन हुँदै अाइरहेकाे छ । कार्यक्रममा प्रमुख अतिथि वाड नम्बर १ का अध्यक्ष फर्सुराम गिरी र वाड नम्बर २ का अध्यक्ष डिलबहादुर भट्टराईले संयुक्तरूपमा उद्घाटन गरेकाे थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डेले प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कंडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सहायक प्रधानाध्यापक प्रकाशलाल श्रेष्ठले गरेका थिए । त्यसैगरी विद्यालयले हरितालिका तिजकाे अवसरमा विद्यार्थीहरूबिच नृत्य प्रतियोगिता सम्पन्न गरेकाे छ ।
विद्यालयमा तहगत रुपमा भएको कक्षा १ देखि कक्षा ३ सम्मकाे प्रतियोगितामा कक्षा ३ बि को समुह प्रथम र कक्षा १ बि को समुह द्वितीय भएका छन् । त्यस्तै गरि कक्षा ४ देखि ६ सम्म ५ बि बाट प्रशंशा श्रेष्ठको समूह प्रथम , ५ बि कै स्मारिका पन्थको समूह द्वितीय भएका छन् । त्यस्तै गरि कक्षा ७ देखि ९ सम्म कक्षा ८ ए बाट दिपा परियारको समूह प्रथम , कक्षा ९ बि बाट कृतिका खत्रीको समूह द्वितीय भएका छन् ।
सबै गरेर ३० ओटा समूहमा प्रतियोगिता भएकाे थियाे । नृत्य प्रतियोगितामा विजेता समूहलाई मेडलबाट पुरस्कृत गरिएकाे विद्यालयले जनाएकाे छ ।
प्रतिक्रिया