ताजा अपडेट »

रोटरीले गर्यो निलकण्ठ बाबाधामलाई डेस्क बेन्च सहयोग

शनिबार, ०४ भदौ २०७९, १० : ११
24 Shares
शनिबार, ०४ भदौ २०७९
24 Shares

बुटवल । रोटरी क्लव अफ बुटवलले निलकण्ठ बाबा धामलाई डेस्क बेन्च हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच क्लवले धामलाई ८ थान डेस्क बेन्च हस्तान्तरण गरेको हो । यसका लागि रोयल ग्रुप बुटवलले सहयोग गरेको थियो । कार्यक्रमका प्रमुख अतिथी रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजू एवं क्लवका अध्यक्ष बोनिन पियाले निलकण्ठ बाबा धकमकी संरक्षक एवं अध्यक्ष देवमाया भट्टराईलाई डेस्कबेन्च हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा बोल्दै डिष्ट्रिक गभर्नर इलेक्ट ध्वजूले धाममा अध्ययनरत बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले क्लवले डेस्क बेन्च हस्तान्तरण गरेर सह्रानीय काम गरेको बताए । उनले रोटरीयनहरु समाजसेवाका लागि प्रतिवद्ध भएर लागिरहेको भन्दै यस्ता रचनात्मक र सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन क्लवलाई आग्रह गरे । रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले धामका लागि डेस्क बेन्च सहयोग गर्न पाउँदा खुशी लागेको बताए । यहाँ अध्ययनरत बालबालिकाहरुले दुःख नपाउन भन्ने उद्देश्यले क्लवले डेस्क बेन्च हस्तान्तरण गरेको उनले बताए ।

धामकी संरक्षक एवं अध्यक्ष देवमाया भट्टराईले कतैबाट सहयोग नभएको अवस्थामा रोटरी क्लवले गरेको सहयोग धामका लागि निकै ठूलो रहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरिन् । धामका लागि राज्य वा सरकारी निकायबाट कुनै सहयोग नपाएको भन्दै उनले रोटरीले गरेको सहयोगले यहाँ अध्ययनरत बालबालिकाको शिक्षामा समेत ठूलो योगदान पुग्ने बताइन् ।

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, सचिव लालहरि पाण्डे, धामका प्राध्यापक माधव भट्टराई, रोयल ग्रुप बुटवलका कोषाध्यक्ष उमाशंकर माल्पानीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।