बुटवल । मनिस अधिकारीको स्वर, अनिस ओकिलीको रचना र स्वर्गीय बिजु बज्रका संगितमा रहेको ‘के सारो’ गीत आजबाट सार्वजनिक भएको छ ।
म्युजिक भिडियोको निर्देशनमा समन अधिकारी र निर्माणमा राजन खड्का रहेका छन् भने भिडियोमा सीमा खड्का र दिक्पाल कार्कीको अभिनय रहेको छ । यसको सिनेमाटोग्राफर पीर दियो जस्तो सफल म्युजिक भिडियो खिचेका नवराज उप्रेती रहेका छन् ।
काठमाडौँ उपत्यका कै सेरोफेरो, धुलिखेल, बतासे डाँडा जस्ता रमाइला ठाउँमा छायाँकन गरिएको म्युजिक भिडियोमा त्यहाँका मनोरम दृष्यहरु समावेश गरिएका छन् ।
प्रतिक्रिया