ताजा अपडेट »

लैङ्गिक हिंसा विरुद्धको अभियान : शान्ति नमुनामा र्याली

बुधबार, १८ मंसिर २०७६, १८ : २४
14 Shares
बुधबार, १८ मंसिर २०७६
14 Shares

मंसिर १८,
ग्लोबल आवाज
तिलोत्तमा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यवद्धता’–भन्ने मुल नारा सहित नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशभर चलिरहेको छ । अभियान अन्तर्गत बुधबार रुपन्देहीको तिलोत्तमामा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले र्यालीको आयोजना गरेको छ । बिद्यालयबाट निस्केको र्याली विभिन्न टोलटोलमा नारा लगाउदै पुन बिद्यालयमा आई सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै बिद्यालयका सह प्रधानाध्यापक स्थानेश्वर बस्यालले बिद्यालय स्तरबाटै यी कुरा बुझाउदै लैजानुपर्नेमा जोड दिए । उनले पुरुषभन्दा अझै पनि महिलाहरु नै बढि हिंसामा परेकोले हिंसा न्युनिकरणका लागि महिला पुरुष एक भएर लाग्नुपर्ने खांचो औल्याए । लिङ्गका आधारमा गरीने विभेदका कारण समाज पछिपरेको बताउँदै उनले समाज परिवर्तन गर्नका लागि बिद्यालय स्तरबाट गरिने यस्ताखालका कार्यक्रमहरुले प्रभावकारी भुमिका खेल्न सक्ने स्पष्ट पारे ।

र्याली संयोजक सीता गौतमले पछिल्ला समय बिद्यालयमा पनि विभिन्न हिंसात्मक घटना घटेका खवरले चिन्तित तुल्याउने बताईन् । हिंसा गर्नुहुन्न र सहनु पनि हुन्न भन्ने कुरा बिद्यार्थीले बुझ्न जरुरी रहेको उनले बताइन् । कार्यक्रममा सहभागी छात्र प्रमार्थ पाठकले बिद्यार्थी आफुले मात्र नसिकेर घरमा पनि बुझाउन जरुरी रहेको तर्क गरे । छात्रा प्रजु भुसाल, स.प्रअ किशोर कुमार खनाल लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।