बुटवल । करेण्ट हट एण्ड स्पाइसी लगाएत विभिन्न चाउचाउ र मसला उत्पादन गर्दै आएको रुपन्देहीको औद्योगिक समूह यशोदा ग्रुपले फिल्मी क्षेत्रमा पनि डेब्यू गरेको छ ।
समूहले यशोदा फिल्मसमार्फत नेपाली कथानक चलचित्र ‘फूलबारी’ मार्फत नेपाली सिने क्षेत्रमा उदाउँदैछ । समूहले बुधबार एक समारोहकाबीच चलचित्र ‘फूलबारी’ सार्वजनिक गरेको हो ।
यशोदा समूह्का अध्यक्ष कमल किशोर मालपानीको कथा र परिकल्पनामा रहेको चलचित्र फूलबारी सामाजिक र सत्य घटनामा आधारित रहेर निर्माण हुने छ। चलचित्र उपेन्द्र सुब्बाको लेखन, रामबाबु गुरुङको निर्देशन र मनिष ढकालको प्रोडक्सनमा निर्माण हुने छ।
बुधबार चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले पारिवारिक,सामाजिक र सांस्कृतिक पक्षमा रहेर निर्माण हुने चलचित्रले धेरैको मन जित्ने दाबी गर्दै नेपाली कलाकारलाई प्रोत्सान गर्न संस्कृति संरक्षणका लागि केहि गर्ने उद्देश्यले चलचित्र निर्माण गर्न लागेको बताए ।
चलचित्रमा दयाह्याङ राई, विपिन कार्की , प्रियंका कार्की लगाएतका चर्चित तथा मुख्य कलाकारहरु रहेका छन् । भदौबाट छायांकन सुरु हुने यो चलचित्रको सुटिङ काठमाण्डौं र मनाङमा हुने छ ।
प्रतिक्रिया