ताजा अपडेट »

बुटवलको कान्ति माविमा विद्यार्थीलाई स्वागत

विहीबार, २६ साउन २०७९, १४ : ५५
60 Shares
विहीबार, २६ साउन २०७९
60 Shares


बुटवल । कान्ति मा वि मा शैक्षिकसत्र २०७९ का लागि कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास समन्वय ईकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल विद्यार्थीहरुलाई स्वागत गर्दै कान्ति मावि देशकै उत्कृष्ट विद्यालय रहेको र यसमा पढ्न पाउनु सौभाग्य रहेको बताए ।

विद्यालयमा तालिम प्राप्त दक्ष शिक्षकहरु रहेकोले विद्यालयको शैक्षिक उपलब्धिमा गुणस्तरीयता रहेको बताए । विद्यार्थीहरुले शैक्षिक उपलब्धि प्राप्ति गर्नका लागि लगनशीलता र धैर्यता, मिहिनेत आवश्यक रहेकोले यसमा सजक हुन अनुरोध समेत गरे । कार्यक्रममा उत्प्रेरक प्रशिक्षक अमृता अनमोलले विद्यार्थीहरुलाई उत्प्रेरणामुलक प्रशिक्षण दिइन् । सो अवसरमा उनले विद्यार्थीहरुलाई जीवन सफल र असल बनाउनका लागि निरन्तर अध्ययनमा लाग्न सुझाव दिइन् । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालयमा अहिले २५ जिल्लाका ५ हजार ५ सय बढी विद्यार्थीले अध्ययन गरिरहेको र अबका दिनमा डिजिटल माध्यमबाट पठनपाठन सञ्चालन गर्ने योजना रहेको बताए । विद्यालयले पठनपाठनका साथै सबै प्रकारका अतिरिक्त क्रियाकलाप सञ्चालनलाई प्राथमिकता दिएको बताए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमानन्द शर्माको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नागेश्वर पौडेलको विशिष्ट आतिथ्यता, शिक्षक हुमराज भुसालको सहजीकरण र खेल शिक्षक महेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।