ताजा अपडेट »

लिटिल बर्डसमा अभिमुखिकरण

बुधबार, २५ साउन २०७९, २२ : २७
26 Shares
बुधबार, २५ साउन २०७९
26 Shares

सैनामैना । रुपन्देहीके सैनामैना नगरपालिका– १ रानीबगियास्थित लिटिल बर्डस् इङ्लिस स्कूलले कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । बुधबार एक विशेष समारोहकाबीच कक्षा ११ का विद्यार्थीहरुका लागि अभिमुखिकरण तालिम दिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य राजन अर्यालकोे सभापतित्व, अन्तर्राष्ट्रिय उत्प्रेरक, योग प्रशिक्षक तथा बौद्धिक व्यक्तित्व ऋषिराम न्यौपानेको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका सदस्य तिलक थापा तथा विद्यालयका प्राचार्य श्रवण कुमार गौतम, सह प्राचार्य सुरेश पौडेल , +२ संयोजक शुसिल पाण्डे लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालयले शैक्षिक सत्र २०७८ को एसईई परीक्षामा सम्मिलित भई उत्तिर्ण विभिन्न विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामनासहित अभिमुखिकरण तालिम दिएको हो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति सदस्य राजन अर्यालले लिटिल बड्र्स स्कूलले निकट भविष्यमै +२ का लागि आफ्नो छुट्टै लिफ्टसहितको सुविधासम्पन्न भवन निर्माण गर्ने जानकारी दिए । ‘विद्यालयले विद्यार्थीहरुका लागि पढ्दै, कमाउदै भन्ने ध्यय सहित काम गरिरहेको छ ।’ उनले भने ।

विद्यालयका प्राचार्य श्रवण कुमार गौतमले निकट भविष्यमै विद्यालयले व्यवस्थापन बाहेक अन्य संकाय समेत सञ्चालन गर्ने तथा व्यवस्थापन संकायमा यस विद्यालयले उत्कृष्ट शैक्षिक फड्को मारेको जानकारी दिए ।

कार्यक्रममा करिब दुई घण्टा अन्तर्राष्ट्रिय उत्प्रेरक, योग प्रशिक्षक तथा बौद्धिक व्यक्तित्व ऋषिराम न्यौपानेले विद्यार्थीहरुलाई विभिन्न बौद्धिक तथा आध्यात्मिक ज्ञान सहित अभिमुखिकरण तालिम दिएका थिए । विद्यालयका सहप्राचार्य सुरेश पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक विनोद के.सीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।