काठमाडौं लोकप्रिय दोहोरी गायक अर्जुन सापकोटाको आवाजमा नयाँ तिज गीत 'भाउ बढ्यो' सार्वजनिक भएको छ । दोहोरी गायक अर्जुन सापकोटा र म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिना 'गुरुआमा'ले गाएको गीतमा सुमन ढकालको शब्द सृर्जना छ भने गायक सापकोटाकै लय रहेको छ ।गीत छोटो समयमै लोकप्रिय बन्न थालेको छ।
मौलिक शब्दहरुमा सजिएको उक्त गीतमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयवस्तु चित्रण गरिएको छ । गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, स्मृति तिमिल्सिना र सुमन ढकालको अभिनय रहेको छ । भिडियोलाई सुरेश श्रेष्ठले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गरेका हुन् । पुरा भिडियो हेर्नुहोस्
प्रतिक्रिया