बुटवल । डेंगु एडिस एजिप्टाई जातको लामखुट्टको टोकाइबाट सर्ने किटजन्य रोग हो । यो जुन सुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्छ । खासगरि कामकोे शिलशिलामा घरबाट धेरै बाहिर निस्कनेमा र बालबाच्चामा यसको सम्भावना अलि बढी हुन्छ । बालबाच्चाहरुमा विशेष गरी खेल्नका लागि बाहिर जाँदा सर्न सक्छ । यो लामखुट्टेले विशेष गरी विहान र साँझमा धेरै टोक्छ । अन्य समयमा नटोक्ने भन्ने चाहि हुँदैन् ।
माइल खालको डेंगुमा कुनै पनि लक्षण हुँदैन् । सामान्य शरीर दुःखेर पनि ठिक हुन्छ । खासगरी डेँगु हुँदा ज्वरो आउने, शरिर दुख्ने, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरीरमा रातोरातो बिमिरा देर्खा पर्छ । साथै टाउको फुट्ला जस्तै गरी दुख्छ र ज्वरो कन्टोल नै हुँदैन् । सिटामोलको खाँदा पनि ५ दिनसम्म कन्टोल हुँदैन् ।
सामान्यतया डेगु ज्वरो निको हुनका लागि ५ दिनदेखि ७ दिनसम्म लाग्छ । भाइरल ज्वरो ३ दिन मै निको हुन्छ । डेँगुको ज्वरो एकदमै कडा खालको ज्वरो हुन्छ । १०३/१०४ डिग्रीसम्म ज्वरो आउन्छ । सिटामोल खाँदा पनि कन्टोलमा आउँदैन् । भाइरल ज्वरोमा सामान्य ज्वरो आउने र रुघाखोकी लाग्ने गर्छ ।
गर्तवर्षे कोभिडको डरले गर्दा मान्छेहरु घरबाट कम निस्कन्थे । जसकारणले गतवर्ष डेँगुको केश पनि कम थियो । अहिले कोभिडको जोखिम पनि कम भयो घरबाट निस्कने संख्या धेरै भयो । यसकारण डेँगु लाग्नेको संख्या बढी भयो । सिटामोल खाँदा पनि ज्वरो कन्टोल भएन र प्लेटलेसको संख्या १ लाख भन्दा कम र क्रमशः घट्दै आएको अवस्था, शरिरमा रातो दाग र बिमिरा देखिन थाले, पेट अप्ठारो हुने, पेटमा पानी जम्ने लक्षण देखिए तत्काल डाक्टरकोमा जार्नु पर्छ ।
डेँगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे सफा पानीमा बस्छ । घरवरिपरी पानी जमेको ठाउँहरु, घरमा राखेको एअर कन्डिसनको पानी, फुलमा राखेको पानीमा बस्ने भएकाले त्यस्ता ठाउँहरुको पानी हटाउनु पर्छ । साथै घर वरिपरी सफा सुग्र राख्ने र पानी जम्ने खाल्डाखुल्डी भए पुर्नु पर्छ । लामखुट्टेको टोकाइबाट बच्नका लागि घर बाहिर हिड्दा हात खुट्टा ढाक्ने कपडा लगाएर जाने, राती सुत्ने बेलामा झुलको प्रयोग गरेर यसबाट बच्न सकिन्छ ।
यसको औधषी नभएको र सिटामोलले ज्वरो कन्टोल गर्ने र प्लेटलेट घटेको खण्डमा प्लेटलेट दिनु पर्छ । यसकारण रक्तदाताहरुलाई ब्लड डोनेशनको लागि आवहन गर्नु पर्छ । साथै ज्वरो आएमा तत्काल एन्टीबाइटिक प्रयोग गर्नु हुँदैन् ।– (वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकसँग बसन्त आचार्यले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया