ताजा अपडेट »

संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्न जोड

मंगलबार, २२ माघ २०७५, १० : १८
22 Shares
मंगलबार, २२ माघ २०७५
22 Shares

माघ २२,

चितवन ।राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षका अवसरमा आज देवघाटमा आयोजित देवघाट विराट् ज्ञानमहायज्ञ २०७५ एवं ज्ञानसभालाई सम्बोधन गर्दै उहाँले संस्कृत शिक्षाप्रति युवा वर्गलाई आकर्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

गुरुकुल शिक्षा प्रणाली आजको शिक्षाको जग भएको बताउँदै उहाँले गुरुकुुुुल शिक्षा अनुकूलको नैतिक आचरण, व्यवहार र अनुशासनले मानिसको जीवनलाई सधैँ समाज कल्याण उन्मुख बनाउँदै मानवीय सद्भाव, प्रेम र भातृत्व अभिवृद्धि गराउन सहयोग पु¥याउने छ भन्नुभयो ।

मानव जीवनलाई भौतिक र मानसिक रुपमा सुखी र सुखी तुल्याउने संस्कृत वाङ्मयका सूत्रहरु बहुमूल्य रहेको बताउँदै उहाँले भन्नुभयो, “गुरुकुल शिक्षा ओझेलमा राख्दा हाम्रो सभ्यता, संस्कृति र पहिचान उजागर गर्न कठिनाइ पर्न सक्छ ।” उहाँले गुरुशिष्य परम्परामा आधारित गुरुकुल शिक्षाले ज्ञान प्रवाहमा महत्वपूर्ण योगदान दिएकाले यसको सम्वद्र्धन हुनुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “गुरुकुुुुल शिक्षाले चरित्रवान्, शिक्षित नागरिक बनाउन सहयोग पुग्ने हुँदा समाजमा यसको ठूलो महत्व छ ।”

पवित्र तीर्थस्थल देवघाटधामलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्न सकिने प्रशस्त सम्भावना रहेको हुँदा यसतर्फ सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले देवघाट क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिने बताउनुभयो । गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीले वैदिक धर्मको प्रचारप्रसार राष्ट्रको विकासमा बाधा नभएर साधक हुने बताउनुभयो । हरिहर सन्न्यास आश्रमका पीठाधीश एवं नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीले धर्मनिरपेक्ष घोषणा गर्दा साधुसन्तलाई सोधपुछ नगरिएको भनी दुःख प्रकट गर्नुभयो । महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले गुरुकुुुुुलका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सांसद किसान श्रेष्ठ, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललगायतले बोल्नुभएको थियो । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।