ताजा अपडेट »

‘कृषि तथा भेटेनरी अध्यापनका लागि महायज्ञ’

मंगलबार, १७ मंसिर २०७६, २२ : ३७
22 Shares
मंगलबार, १७ मंसिर २०७६
22 Shares

पाँच करोड आर्थिक संकलन गर्ने लक्ष्य


ग्लोबल आवाज
मंसिर १७
तिलोत्तमा । शिवपुर मा.वि. तिलोत्तमा–११ शिवपुरमा हुन लागेको श्रीमद्भागवत विशिष्ट धनधान्याञ्चल विराट ज्ञानमहायज्ञ एवम् विश्वशान्ति महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । विद्यालयले मंगलबार पत्रकार सम्मेलन गरी यहि १८ गतेदेखि शुरु हुने महायज्ञको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । कार्यक्रमको बारेमा जानकारी दिँदै महायज्ञ मुल समितीका महासचिव बिष्णु बरालले माहायज्ञका कारण स्थानीयबासी निकै नै उत्साहित भएको र ४४ लाख रकमको प्रतिबद्धता भइसकेको बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भट्टराईले परम्रागत ढङ्गले दिइएको शिक्षा प्रभावकारी नहुने भन्दै अबको शिक्षा प्रविधियुक्त र कृषि भेटेरीनरीसँगै जोडेर लैजानुपर्नेमा जोड दिए । उनले सोहि उद्देश्यले महायज्ञ सञ्चालन गरिएको पनि उल्लेख गरे । ‘हामीले कक्षाकोठामा मात्र बढाउने होईन शिक्षामा गुणस्तर पनि बढाउनेछौं ।’ भट्टराईले भने । हाल ६०० विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । विद्यार्थीको संख्यामा वृद्धि भएसँगै कक्षाकोठाको अभाव भएको र ६ वटा कक्षाकोठा विद्यालयलाई आवश्यक पर्ने विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद भट्टराईले बताए । उनले आउने शैक्षिक सत्रसम्म १ हजार विद्यार्थी भर्ना गराउने बिद्यालयको लक्ष्य रहेको समेत जानकारी दिए ।

कार्यक्रममा महायज्ञको पूर्वसन्ध्यामा बुधबार कलशयात्रा हुने र बुधबारनै कार्यक्रमको औपचारीक रुपमा उद्घाटन हुने जानकारी गराइएको छ । कार्यक्रममा स्थानीय रुपमा महायज्ञको प्रचार–प्रसारको काम सकिएको प्रचार–प्रसार समितिका संयोजक वेद गिरीले बताए । शिवपुर माध्यमिक विद्यालयका महायज्ञ सम्पादन मूूल समितिका अध्यक्ष तिलोत्तमा ११ का वडा अध्यक्ष मुक्तिनारायण चौधरीले आफूूले अध्ययन गरेको विद्यालयले प्रविधिक शिक्षामा बिपन्न वर्गको पहुुँच पुर्याउने उद्धेश्यले गर्न लागेको महायज्ञबाट सफलता मिल्ने विश्वास ब्यक्त गरे।


उनले एक्लैको प्रयासले केहि पनि सम्भव नहुने भन्दै स्थानीयबासीबाट उठेको रकमले विद्यालयले सोचेको सपना पूरा नभए स्थानीय सरकारकातर्फबाट सहयोग कसरी हुन सक्छ पुरा गर्न आफूू पूूर्ण रुपमा लाग्ने प्रतिबद्धता जनाए । महायज्ञमा ३३ लाख खर्च हुने अनुमान गरिएको छ भने भूूमिदान सहित ५ करोड रकम संकलन गर्ने महायज्ञ समितिले लक्ष्य लिएको कार्यक्रममा जानकारी दिइएको छ ।कार्यक्रमको संचालन समितिका सचिव दिल्लीराज भण्डारीले गरेका थिए । १८ गतेदेखि शुरु हुने महायज्ञ मंसिर २६ गतेसम्म चल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।