ताजा अपडेट »

‘प्राविधिक शिक्षाले मात्र मुलुकको बिकास र समृद्धि सम्भव’

मंगलबार, १७ मंसिर २०७६, १६ : ०८
18 Shares
मंगलबार, १७ मंसिर २०७६
18 Shares

मंसिर १७,

ग्लोबल आवाज

तिलोत्तमा । तिलोत्तमाको कोटिहवामा आयोजित कार्यक्रमका वक्ताले प्राविधिक शिक्षामा जोड दिएका छन् । कोटिहवामा रहेको पशुपति कलेजको १४ औ साधारण सभा तथा अभिभावक दिवसमा बोल्ने वक्त्ताहरुले प्राबिधिक शिक्षामा जोड दिएका हुन् । प्राविधिक शिक्षाले मात्र मुलुकको बिकास र समृद्धि सम्भव भएको उल्लेख गर्दै वत्ताहरुले सरकारले प्राविधिक शिक्षाको कोटा बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल बिश्वकर्माले कजेलको बिकासका लागि आबश्यक सहयोग गर्ने बताएका छन् । उनले कलेजको बिकासका लागि गुरुयोजना बनाउन आग्रह गर्दै प्राविधिक शिक्षाका लागि सरकारसँग आफुले पहल गर्ने बताए । सो अबसरमा बोल्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले प्रदेश सरकारले पनि आबश्यक सहयोग गर्ने बताए । उनले भने गुरुयोजना निर्माण गरेर आउनुस, सरकारले आबश्यक सहयोग गर्छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज बिश्वकर्मा, तिलोत्तमा वडा नम्बर १६ का वडा अध्यक्ष झविलाल भुसाल, कलेजका प्रार्चाय जयलाल शर्मा बस्याल, पशुपति माविका प्रार्चाय बेदनारायण भट्टराई, राममणि बहुमुखि क्याम्पसका प्रार्चाय मोहनराज शर्मा, कलेज सभा सदस्य लेखनाथ पाण्डे, कृष्ण घिमिरे, सल्लाहकार कृष्ण प्रसाद शर्मा लगाएतले बोल्दै पशुपति कलेजलाई यस क्षेत्रको उत्कृष्ट कलेजको रुपमा बिकास गर्नु पर्नेमा जोड दिए ।

कजेज व्यवस्थापन समितिका कार्यवाहाक अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीको अध्यक्षता, नारायण प्रसाद ज्ञवालीको सञ्चालन तथा लेखनाथ पाण्डेको स्वागतमा सम्पन्न भएको थियो । सो अबसरमा विद्यार्थीहरुले बिभिन्न किसिमका नृत्य तथा गीत प्रस्तुत गरेका थिए । साथै विद्यालयले बार्षिक कार्यक्रम अनुसार गरेको हाजिर जवाफ, खेलकुद लगाएतका प्रतियोगितामा प्रथम, द्धतिय तथा तृत्य विद्यार्थीलाई पुरस्कार समेत बितरण गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।