माघ २२,
काठमाण्डौं । नेपाल टेलिकमले १५ औं वार्षिक उत्सवको अवसरमा बिभिन्न अफरहरु ल्याएको छ ।
टेलिकमको प्रिपेड सिम कार्डमा पनि रोमिङ सेवा लागू भएको छ ।टेलिकमले प्रिपेडमा पनि परीक्षणका रुपमा रोमिङ सेवा शुरु गरेको हो । पोष्टपेडमा यो सेवा लिनका लागि १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने भएपनि प्रिपेडमा भने भएकै ब्यालेन्सबाट लिन सकिनेछ । नेपाल बाहिर जाँदा पनि यहीको सिमकार्डबाट कुरा गर्न मिल्ने सेवा रोमिङ हो । तत्काल यो सेवा चीन र भारतमा मात्र हुने छ ।
त्यस्तै माघ २२ देखि फागुन २२ सम्म एनटी मोवाइल एप डाउनलोड र रजिष्ट्रेशनमा निशुल्क १०० एमबी डाटा उपलब्ध गराउने भएको छ । त्यस्तै पोस्ट पेडका ग्राहकलाई ९०० को रिचार्जको प्याकेजमा प्रतिमहिना ३.३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ पोस्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र १०० मिनेटसम्म् भ्वाइस बोनस दिने घोषणा गरेको छ ।
त्यस्तै टुरिस्ट प्याकेजअन्तर्गत ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल, ५० वटा एसएमएस र १०० को अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी १००० मा १० जीबी डाटा, नेपाल टेलिकमको नेटवर्कमा १०० मिनेट भ्वाइस कल १०० वटा एसएमसए र २०० को अन्तर्राष्ट्रिय कल गर्न सकिने व्यवस्था गरेको छ ।
माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक, तथा मासिक चाइना कल प्याकेजमा ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० मा १६५ मिनेट भ्वाइस कल दिने टेलिकमले बताएको छ ।
त्यस्तै २०७४ असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका सर्वसाधारणले २०७६ असार मशान्तसम्म बक्यौता बुझाएमा जरिवाना छुट दिने भएको छ ।
प्रतिक्रिया