ताजा अपडेट »

होटल म्यानेजमेण्टमा देशमै उत्कृष्ट भएको अक्सफोर्ड कलेज बुटवलको दावी

शनिबार, १४ साउन २०७९, १८ : ३७
26 Shares
शनिबार, १४ साउन २०७९
26 Shares

बुटवल । लामो समयदेखि स्नातक तहका विभिन्न संकायमा शिक्षा प्रदान गर्दै आएको बुटवलको अक्सफोर्ड कलेजले स्नातक तहको होटल म्यानेजमेण्टमा देशमै उत्कृष्ट नतिजा हासिल गरेको दावी गरेको छ । कलेजले हालै प्रकाशित होटल म्यानेजमेण्टको तेस्रो सेमेस्टरमा सर्वोत्कृष्ट ३.९६ जिपिएसहित समग्रमा ९३.७५ प्रतिशत नतिजा ल्याउन सफल भएको बताएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्वन्धन प्राप्त कलेजहरुमा होटल म्यानेजमेण्टतर्फ नेपाल मै उत्कृष्ट भएको कलेजको दावी छ ।

कलेजका विद्यार्थी लक्षमण थापाले तेश्रो सेमेस्टरको परीक्षामा ४ जिपिए मा ३.९६ जिपिए प्राप्त गर्दे त्रि.बि.अन्तर्गतका कलेजहरु मध्य नेपाल टप भएकोे कलेजले दावी गरेको हो । कलेजले यस अघिनै बिएडमा नेपाल प्रथम तथा बिबिएसमा नेपाल द्धितियमा आफ्नो नाम राखिसकेको छ ।

हस्पिटालिटी क्षेत्रमा बढ्दो आकर्षण र आवश्यकता महसुस गरी सन् २०१८ देखि होटल म्यानेजमेण्ट शिक्षा सुरु गरेको कलेजले गतिसँगै गुणस्तर र सफलता प्राप्त गर्दै आएको कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी बताउँछन् । उनका अनुसार अक्सफोर्ड कलेज स्नातक तहमा त्रिभुवन विश्व विद्यालय अन्तर्गत स्नातक तहको होटल म्यानेजमेण्ट अध्यापन गराउने लुम्बिनी प्रदेशकै पहिलो र एकमात्रै कलेज हो ।

कलेजले शैद्धान्तिकसँगै प्रयोगात्मक र व्यवहारिक शिक्षाका लागि अभ्यास गराउँदै आएको र पहिलो व्याचका विद्यार्थीहरुलाई कार्यगत तालिमका लागि कतार पठाएको होटल म्यानेजमेन्ट संकायका कार्यक्रम संयोजक ओम बहादुर खत्रीले बताए ।

कलेजको आफ्नै सुविधायुक्त भवन, आधुनिक प्रयोगात्मक ल्याव, विषय विज्ञ अध्यापकहरु विद्यार्थीको रुचि, अभिभावकको विश्वास, कुशल नेतृत्व लगाएतका विशेषता र आधारले निरन्तर शैक्षिक सफलता हासिल गर्दै आएको क्याम्पस प्रमुख मरासिनीले बताए ।

विगत १७ वर्षदेखि विभिन्न तह तथा संकाय सञ्चालन गर्दै आएको शैक्षिक संस्थामा हाल १२ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । कलेजले हाल स्नातक तहमा बिएड, बि.बि.एस., बि.आइ.एम तथा बि.एच.एम का कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।