ताजा अपडेट »

अजय कार्कीको ‘हामी देश बचाऔं ’ विमोचन

बुधबार, ११ साउन २०७९, २० : ४८
32 Shares
बुधबार, ११ साउन २०७९
32 Shares

बुटवल । अजय कार्कीको ‘हामी देश बचाऔ’ नामक म्युजिक भिडियो बुधबार बिमोचन गरिएको छ । बागेश्वरी संगितालयका संचालक तथा संगितसर्जक सुरेश सेन्चुरीले बिमोचन गर्दै देशका धेरै नाम चलेका गायकहरु उत्पादन गरेर गितसंगितबाट यो क्षेत्रको पहिचान दिलाउन सफल भएको दाबी गरे ।

कार्की एक क्षमतावान गायक र लेखकका रुपमा परिचित भएको भन्दै गितसंगितमा लगाव कै कारण उनि सफल हुदै गएको दाबी गरे । संगितमा बुटवलको पहिचान बनाउदै आएका अजय कार्किले लामो समयको साधना र अनुभवबाट गित तयार गरेको बताए । लकडाउनकै समयमा गित लेखेका उनले बताए ।

सिमा बिवादको विषय उठिरहेको बेला उनको दिल र दिमागबाट यो गित तयार गरेको बताए । नेपाली चलचित्रका चर्चित नायक राजेश हमालको अभिनय रहेको गितमा निर्देशन निरेन श्रेष्ठ तथा स्वर अजय कार्कीको रहेको छ । देश जोगाउने पुर्खाको योगदानलाई सम्झेर युवाहरु देश बचाउन एकजुट हुनुपर्ने सन्देश मुलक शब्दहरु गितमा रहेको छ । देशमा सिमा समस्या रोक्न युवालाई अग्रसर हुन शब्दमा गितबाट ब्यक्त भएको उनले बताए ।

सन्तोष रानालाई जिताउन बुटवलमा अभियान
यसैगरि हिमालयन टेलिभिजनमा प्रशारण हुने सांगितिक शो सिङ्गिङ सुपर स्टारको टप टेनमा पुगेका सन्तोष रानालाई जिताउन बुटवलबाट अभियान थालिएको छ । बागेश्वरी संगितालयमा लामो समय साधना गरेका उनी गायनबाट आफ्नो पहिचान दिलाउने लक्ष्यसहित लागेका छन ।

सन्तोष राना जिताऔ अभियानमा लागेका गायक बसन्त श्रेष्ठले मोफसलका कलाकार, गायकहरुको क्षमता प्रस्फुटन गराउन सके अवसर पाउन सक्ने बताए । अभियानका अगुवा अर्जुन पौडेलले कला र गलाको मुल्याकन विधिका रुपमा भोटिङलाई प्राथमिकता दिईनु गलत भएको बताए । स्थानियस्तर हुदै राष्ट्रिय मन्चमा पुगेका रानालाई जिताउनु रुपन्देहीबासीको दायित्व भएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।