बुटवल । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । केसी लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनी पछिल्लो समय अभिनयसँगै चलचित्र निर्माण र निर्देशनमा सक्रिय छन् ।
उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए ।
प्रतिक्रिया