ताजा अपडेट »

तिलोत्तमास्थित दुर्गादत्त माविमा विविध कार्यक्रम

शनिबार, ०७ साउन २०७९, २१ : ३७
24 Shares
शनिबार, ०७ साउन २०७९
24 Shares

बुटवल । तिलोत्तमा–२ वनवाटिकामा रहेको शंकरनगर दुर्गादत्त माविमा वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

कक्षा नर्सरीदेखि युकेजीसम्म ब्यालुन बलास्ट,कक्षा १ देखि कक्षा ३ सम्म चित्रकला प्रतियोगिता सम्पन्न भएका छन् । त्यसैगरी कक्षा ४ देखि ६ सम्म हस्तकला प्रतियोगिता र कक्षा ७ देखि ९ सम्म कथालेखन प्रतियोगिता सम्पन्न भएका छन् ।

प्रतियोगितामा बिजेता उपविजेताहरुलाई विद्यालयका प्रधानाध्यापक चण्डिप्रसाद पाण्डे र सहायक प्रधानाध्यापकले पुरस्कार वितरण गरेका थिए । सम्पूर्ण कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख गणेश पन्थले गरेका थिए ।

नर्सरीदेखि युकेजीसम्म कार्यक्रमको संयोजक बिन्दु क्षेत्री , १ देखि ३ सम्मको कार्यक्रम संयोजक कौशिला पाण्डे , कक्षा ४ देखि ६ सम्म कार्यक्रम संयोजक सेक्टर ए तर्फ विन्दु काफ्ले र सेक्टर बितर्फ डिल्ली राज पौड्याल त्यस्तै गरि कक्षा ७ देखि ९ सम्म कार्यक्रम संयोजक सेक्टर ए तर्फ जमुना पाण्डे र सेक्टर बि तर्फ शृजना पन्थीले गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।