ताजा अपडेट »

आमाको सम्झनामा गायिका मञ्जुले ल्याइन् ‘बाबाको आँगनी’ तीज गीत ( भिडियोसहित )

बुधबार, ०४ साउन २०७९, १५ : ५२
80 Shares
बुधबार, ०४ साउन २०७९
80 Shares

बुटवल । गायिका मञ्जु पौडेलले तीज गीत सार्वजनिक गरेकी छन्। गायिका पौडेलले नारी भावलाई समेटेर तयार पारिएको ‘बाबाको आँगनी’ बोलको गीत सार्वजनिक गरेकी हुन्। उनले सार्वजनिक गरेको गीतमा खासगरी तीजमा गाइने गीतसँगै एउटा कथा बस्तु पनि समावेश गरेकी छन्।

जुन कथा आफनै आमा गुमाउँदाको पीडा र आमाले गुनगुनाएको गीत । गत वर्षको २०७८ साल कात्तिक ६ गते आफ्नी आमा भगवतीदेवी ज्ञवाली गुमाएकी गायिका पौडेलले यसपालीको तीजमा आफ्नी आमाले वषौं पहिले गुनगुनाएको गीतलाई आफुले आवाज दिएर आमाप्रति उच्च सम्मान व्यक्त गरेकी छन् । आमाको छोरी भएर जन्मेपछि आमाप्रति गर्नुपर्ने उच्च सम्मानलाई उनले गीत मार्फत ब्यक्त गरेकी छन् । आमा गुमाउँदाको पीडालाई मुटुमा गाठो पारेरउनले यसपालीको तीजमा आमाप्रति स्मरण दर्साएकी छन् ।

बाबाको आँगनी’ बोलको तीज गीतमा मादलको खरी झरेपनि बाबाको आगनीमा धुलो उडाउँदै नाच्ने कथा वस्तु गीतमा रहेको गायिक पौडेलले बताइन् । बिहे भएर घरमा गएकी चेली आफनो माइती घरमा आमाले दिएका पाउजू, नाचेका कुराहरु गीतमा रहेको उनले बताइन् ।
तीज गीत वास्ताविक गाउँमा गाइने भाकाको रहेको पौडेलको दावी छ । आमाको सम्मान र गीतको एउटा कथामा छोरीले आमालाई गरेको आदर सम्मानलाई पनि समावेश गरेको गायिका पौडेलले बताइन् ।

हिन्दु महिलाहरुको महान पर्व तीज आउन एक महिना बढी समय बाँकी छ । यहिँ अबसरमा उनले सार्वजनिक गरेको गीतको कथाले सर्वत्र चर्चामा छ । तिज गीत एउटा नारि बेदाना नारी भावको एउटा कथा वस्तु समेटिएको हुन्छ । यहिँ अनुरुप तीज गीत गाउने प्रचलन पहिलेदेखि रही आएको छ ।

पछिल्लो केहि वर्ष यता गायिका पौडेलले सार्वजनिक गर्ने गीतमा मौलिकता खालका तीज गीत ल्याउने गरेकी छन् । तीजको बेला दिदी–बहिनीहरु जम्मा भएर आफना मन भित्रका पीडा पोखेर गाउने तीजका गीतहरुलाई आफनो गीतमा समावेश गरिएको उनको भनाई छ ।
गायिका पौडेलको एकल स्वर रहेको गीतमा लय मञ्जुकी आमा स्वर्गीय भगवतीदेवि ज्ञवाली, शब्द शिव हमालको रहेको छ। गीतमा मञ्जु अनुशा र मञ्जु पौडेलकी स्वर्गीय आमालाई पनि देख्न सकिन्छ । पौडेलले सार्वजनिक गरेको गीत अञ्जु पौडेल यूट्यूब च्यानलमा हेर्न सकिन्छ।

https://youtu.be/0DDHMKToSpM
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।